फौजदारी मुद्दामा मिलापत्र स्वीकार्य हुँदैन : कानुनमन्त्री गौतम
baahrakhari.com · Mon Oct 05 12:32:31 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने बताएकी छिन्।
सिंहदरबारमा सोमबार बसेको कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा मेलमिलाप सम्बन्धी(दोश्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । उक्त छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले फौजदारी मुद्दाहरूमा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने र कसैले गरेमा कानुन बमोजिम दण्डनीय हुने बताइन् ।''फौजदारी मुद्दामा मिलापत्रको विषय स्वीकार्य हुँदैन । यदि समाजमा त्यस्तो कहीँ कतै भइरहेको छ भने त्यो दण्डनीय विषय हो,'' उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)