भन्सार विभाग र एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय सञ्चालन
arthadabali.com · Wed Dec 10 09:15:30 GMT 2025

काठमाडौँ / भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच बुधबार भएको वार्तामा सहमति जुटेको छ। यस सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्।
वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहज बनाउने विषयमा विभाग सहमत भएको छ। विद्युतिय माध्यमबाट वस्तु घोषणा गर्दा फरक कागजात संलग्न भएमा लाग्ने जरिवाना र महसुल असुल गरेर मात्र वस्तु जाँचपास गर्ने व्यवस्था रहेको छ।
यसैबीच, दफा २० को उपदफा १० र ११ अनुसार तत्कालका लागि दण्ड–जरिवाना छुट दिने सहमति पनि भएको छ।
अन्य सहमतिहरूमा भन्सार एजेन्टको इजाजतपत्र अनलाइनबाटै नवीकरण गर्ने र इन्ट्री–एक्जिट नोटहरू भन्सार एजेन्ट स्वयंले जारी गर्ने व्यवस्था रहेको छ।
यी सहमतिसँगै भन्सार एजेन्टहरूले देशभरका कार्यालयहरूमा काममा फर्किने भएका छन् ।
सम्बन्धित विषय:
# भन्सार विभाग
# एजेन्ट महासंघ
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)