मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन : माओवादीभित्र आर्थिक अपारदर्शिता बढ्दो

ekantipur.com · Sat Sep 09 01:12:40 GMT 2023

काठमाडौँ — माओवादीले पार्टीभित्र आर्थिक अपारदर्शिता बढ्दै गएको निष्कर्ष निकालेको छ । नेतृत्वदेखि स्थानीय तहसम्मका नेतामा ‘नवधनाढ्य’ चिन्तन हावी भएको, श्रमजीवी वर्गीय चरित्र ह्रास भएको केन्द्रीय समितिले प्रस्ताव पारित गरेको छ ।

केन्द्रदेखि स्थानीय नेतासम्म कुनै न कुनै रूपमा आर्थिक रूपमा अपारदर्शी गतिविधिमा जोडिएको भन्दै माओवादीले तीनमहिने ‘विशेष रूपान्तरण’ अभियान चलाएको छ । साउन तेस्रो साताको केन्द्रीय समितिको निर्णयअनुसार ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ गर्ने निर्णयसँगै पार्टीभित्र आर्थिक पारदर्शिताको विषय पनि उठेको हो । माओवादीमा अपारदर्शी ढंगले आर्थिक कमाउधन्दाले बलियोसँग जकडिएकाले नेता तथा कार्यकर्ताको रूपान्तरण सहज नभएको माओवादीभित्रै आशंका छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)