मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री बन्दै सुक

hamrakura.com · Mon Jun 08 00:00:00 GMT 2026

काठमाडौँ। दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङले आइतबार हान सेओङ-सुकलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनीत गरेका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै सो मनोनयनको औपचारिक घोषणा गरेको हो ।

हान सेओङ-सुक दक्षिण कोरियाको अग्रणी इन्टरनेट कम्पनी नेभरकी पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनी हाल ली प्रशासनमा साना तथा मझौला उद्योग तथा स्टार्टअप मन्त्रीका रूपमा कार्यरत छिन् ।

प्रविधि क्षेत्रमा लामो अनुभव र डिजिटल नवप्रवर्तनमा उनको विज्ञताका कारण उनी परिचित मानिन्छिन् ।

संसदबाट उनको नाम अनुमोदन भएमा हान विगत दुई दशकमा दक्षिण कोरियाको प्रधानमन्त्री बन्ने पहिलो महिला हुनेछिन् ।

यसअघि सन् २००६ देखि २००७ सम्म हान म्योङ-सुकले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)