१० प्रतिशत 'सर्भिस चार्ज' खारेजी भए पनि उपभोक्ताले पाउने छैनन् राहत, मेनु मै मूल्य जोड्ने तयारी
pahilopost.com · Sat Jan 28 01:25:05 GMT 2023
काठमाडौं : सर्वोच्च अदालतले १० प्रतिशत सेवाशुल्क (सर्भिस चार्ज) खारेज गर्ने फैसला गरे पनि उपभोक्तालाई मेनु मूल्यमा कुनै फरक नपर्ने भएको छ। देशभर संचालित होटल तथा रेस्टुराँले फैसलापछि मेनु मूल्य परिमार्जन गरेपछि उपभोक्ताले भने फरक अनुभूति गर्न नपाउने अवस्था सिर्जना भएको हो।
१० प्रतिशत सेवा शुल्क घटेसँगै मुलुकमा संचालित अधिकांश होटल तथा रेष्टुराँले आफ्नो मेनु संशोधन हुने जनाएका छन्। तर, होटल तथा रेस्टुराँहरुले मेनुमा नदेखिने गरि सेवा शुल्कबापतको मूल्य मेनुमै समाहित गर्ने तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)