४० दिनमा सकियो ‘शुभ विवाह’को छायाङ्कन, फागुन २१ मा रिलिज
ratopati.com · Mon Oct 05 13:11:23 GMT 2026

काठमाडौँ। सुदर्शन थापा निर्देशित फिल्म ‘शुभ विवाह’को छायाङ्कन सकिएको छ । ४५ दिनको छायाङ्कन तालिका रहेको फिल्मको छायाङ्कन ४० दिनमै सकिएको हो।
कलाकार तथा प्राविधिकको साथ र सहयोगले निर्धारित तालिका ५ दिन अघि नै सकिएको निर्देशक थापाले बताए । प्रियदर्शन फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, सनिशा भट्टराई, हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतको अभिनय देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)