सुरेश वाडेकरको स्वरमा ‘तिमी त गयौ’, शिवाकोटीको शब्द र सिंहको संगीत (भिडियो)
kalakarmi.com · Wed Jan 10 01:09:24 GMT 2024
काठमाडौं– बलिउडका प्रख्यात पार्श्व गायक सुरेश वाड्करले गाएको एउटा कर्णप्रिय नेपाली गीत बुधवार बिहान यूट्युबमार्फत सार्वजनिक भएको छ । गीतकार विजय शिवाकोटीद्वारा रचना गरिएका शब्दहरुको नयाँ गीत ‘तिमी त गयौ’ सार्वजनिक भएको हो ।
मुम्बईमा रेकर्ड गरिएको यो गीतमा संगीतकार राजु सिंहको संगीत तथा भारतीय गायक सुरेश वाडेकरको स्वर सुन्न सकिन्छ । अमुल कार्की ढली यो गीतका संगीत संयोजक हुन् भने राजेश श्रेष्ठ तथा निरज सिंह (मुम्बई) यसका रेकर्डिष्ट हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)