म्यानचेस्टर सिटीद्वारा प्रिमियर लिग रक्षा
ekantipur.com · Mon May 23 00:28:59 GMT 2022
लन्डन — म्यानचेस्टर सिटीले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर एस्टन भिल्लालाई ३–२ ले पराजित गर्दै आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । इतिहादमा भएको खेलमा प्राप्त नाटकीय जितपछि डिफेन्डिङ च्याम्पियन सिटीले लिग उपाधिको रक्षा गरेको हो । उसले प्रिमियर लिग जितेको भने यो छैटौंपल्ट हो । पेप ग्वार्डिओलाको सिटी लिभरपुलभन्दा एक अंकले अगाडि रहेर लिग तालिकाको शीर्ष स्थानमा रहन सफल रह्यो ।
लिभरपुलले अर्को खेलमा उल्भ्सलाई एनफिल्डमा ३–१ ले हरायो । भिल्लाले म्याटी क्यास र फिलिप कोउटिन्होको गोलले २–० को अग्रता लिएको थियो । तर सिटीका लागि इलकेयी गुन्डोगन र रोड्रीले गोल गर्दै खेल बराबरीमा ल्याए । गुन्डोगनले नै खेल सकिन नौ मिनेट अगाडि तेस्रो तथा निर्णायक गोल गरे । उनी बर्नोडो सिल्भाको वैकल्पिकका रूपमा मैदान छिरेका थिए र खेलमा निर्णायक छाप छोड्न सफल रहे । उनले ७६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)