कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ आउँदै
barnanmedia.com · Mon Aug 25 22:27:39 GMT 2025

काठमाडौँ, १० भदौः मदन पुरस्कार विजेता कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते सार्वजनिक हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘कल्प’ सार्वजनिक हुन लागेको लम्सालले जानकारी दिनुभयो ।
डा लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् । लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेका डा लम्सालले ‘कल्प’का लागि झण्डै पाँच वर्ष खर्चेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)