संसद भवन भित्र पस्दा विद्यार्थीको पहिलो अनुभव
newsofnepal.com · Mon Aug 14 16:47:19 GMT 2023
वीरेन्द्रनगर।
वीरेन्द्रनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत ममता नेपालीले पहिलो पटक संसद भवनमा प्रवेश गरिन् । उनलाई संसद के हो? संसद भवन कस्तो छ? संसद भित्र के के काम हुन्छ भन्ने विषयमा कुनै जानकारी थिएन । ‘आज आएर प्रत्येक्ष रुपमा संसदमा प्रवेश गरेर अवलोकन गरी भित्र हुने गतिविधिको बारेमा जानकारी लिन पाउँदा निकै खुसी छु’, उनले भनिन्, ‘संसद भित्र हुने कामका बारेमा जानेपछि भविष्यमा म पनि यही आउन सक्ने हैसियत बनाउँछु भन्ने सोच आयो।’
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)