भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा
ratopati.com · Mon Oct 05 13:30:06 GMT 2026

काठमाडाैँ । भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ । यसको सुरुवात इन्दिरा गान्धी इनडोर स्टेडियममा ठूलो ‘सेवा ज्योति’ कार्यक्रमबाट हुनेछ ।
एक शीर्ष भाजपा स्रोतले प्रधानमन्त्री नरेन्द्र मोदी अक्टोबर ७ मा ‘इन्दिरा गान्धी इनडोर स्टेडियम’ बाट ‘सेवा ज्योति’ कार्यक्रमअन्तर्गत प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गर्न सक्ने सम्भावना रहेको बताएको छ । दिल्ली भाजपाले त्यहाँ करिब पाँच जनाको सहभागिताका लागि व्यवस्था मिलाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)