मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्योलमा रोनाल्डोको करिअर

annapurnapost.com · Mon Oct 05 13:29:23 GMT 2026

काठमाडौं : क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरको अन्त्य यति विवादित होला भन्ने सायदै कसैले सोचेका थिए। विश्वकपपछि अर्जेन्टिनाका लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गर्दा रोनाल्डोले भने पोर्चुगलका लागि खेलिरहने बताएका थिए। तर, अहिले अवस्था फेरिएको छ। प्रशिक्षक जर्ज जेसुससँगको विवादपछि रोनाल्डो राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। अब उनको पोर्चुगलसँगको यात्रा कहाँ पुगेर रोकिएला भन्ने प्रश्न उठेको छ।

रोनाल्डोले नर्वेविरुद्धको नेसन्स लिग खेलमा सुरुवात गरेनन्। उनी दोस्रो हाफभरि वार्मअप गरिरहे पनि मैदान प्रवेशको अवसर पाएनन्। खेल सकिएपछि सहकर्मीसँगै समर्थकलाई अभिवादन गर्नुको सट्टा उनी सिधै ड्रेसिङ रुमतर्फ लागे। त्यसको केही समयपछि प्रशिक्षक जेसुसले डेनमार्कविरुद्ध पनि रोनाल्डो सुरुवाती टोलीमा नपर्ने बताए। यही निर्णयपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)