खाँदबारीमा एक सातादेखि खानेपानी वितरण ठप्प
barnanmedia.com · Mon Aug 25 22:37:07 GMT 2025

खाँदबारी नगरपालिका–४ महभिरस्थित खानेपानी मुहानमा गएको पहिराका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।
गत साउन २५ गतेदेखि लगातार पहिरो खस्दै आएको र यही भदौ ५ गते ठूलो पहिरोले इन्टेक पुरिएपछि खानेपानी वितरण पूर्ण रूपमा ठप्प भएको खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालै इन्टेक सफा गरिएको भए पनि ठूलोमात्रामा जम्मा भएको हिलो र फोहर हटाउन समय लागेकाले खानेपानी वितरण सुरु नभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)