डिजिटल युगमा नेपाली भाषाको सशक्तीकरण : भाषिनी र काठमाडौं विश्वविद्यालयबीच एमओयू
ictsamachar.com

काठमाडौं ।
डिजिटल इन्डिया भाषिनी डिभिजन (डीआईबीडी), भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको निकाय र काठमाडौं विश्वविद्यालयको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (डीपीआई-एआई) बीच भाषा प्रविधि, बहुभाषिक डिजिटल सार्वजनिक पूर्वाधार तथा समावेशी डिजिटल प्रणालीको विकासलाई अघि बढाउने एउटा महत्त्वपूर्ण समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । यस समझदारीले भारत र नेपालबीच उदीयमान प्रविधि, डिजिटल सार्वजनिक पूर्वाधार र समावेशी डिजिटल रूपान्तरणमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)