विश्वकपअघि इङ्गल्यान्डको क्याम्प नजिक गोलीकाण्ड
nepalviews.com · Mon Jun 08 04:34:58 GMT 2026
काठमाडौं । अमेरिकास्थित मिसौरी राज्यको क्यान्सस सिटीमा फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि भएको गोलीकाण्डमा नौ जना घाइते भएका छन् । घटना इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीले विश्वकपका क्रममा प्रयोग गर्ने प्रशिक्षण केन्द्र नजिकै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
क्यान्सस सिटी प्रहरीले शनिबार भएको उक्त घटनामा घाइते भएका सबै नौ जनाको अवस्था खतरामुक्त रहेको जनाएको छ । घाइतेमध्ये कम्तीमा तीन जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहे पनि हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ गरिएको छैन । गोलीकाण्ड इङ्ग्ल्यान्डको विश्वकप बेस क्याम्पका रूपमा तोकिएको स्वोप सोकर भिलेज प्रशिक्षण केन्द्रबाट करिब चार माइल दूरीमा भएको थियो। इङ्ग्ल्यान्ड टोली भने अझै क्यान्सस सिटी पुगेको छैन । टोलीले विश्वकपअघि फ्लोरिडाको अर्लान्डोमा कोस्टारिकाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)