एमाले महाधिवेशन : २७ कात्तिकमा एक हजार नौ सय ९९ प्रतिनिधि चयन गरिँदै
nayapatrikadaily.com · Wed Nov 03 00:30:00 GMT 2021
एमालेले दशौँ महाधिवेशनमा चुनिने प्रतिनिधि छनोटका लागि मापदण्ड बनाएर निर्देशन दिएको छ । आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा एक हजार नौ सय ९९ जना प्रतिनिधि चयन गर्दै छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२ सयसम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले प्रतिनिधि छनोट हुने र त्यसभन्दा माथि प्रत्येक आठ सय सदस्यबाट थप एकजना पुरुष र एक महिला चुन्न अध्यक्ष केपी ओलीले निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)