कांग्रेस केन्द्रीय सदस्यमा पूर्ण तिमिल्सिनाको उम्मेदवारी घोषणा
ratopati.com · Mon Oct 05 14:05:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्ण तिमिल्सिनाले पार्टीको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल विद्यार्थी संघ कास्कीका पूर्वसभापति तथा नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति तिमिल्सिना विद्यार्थी आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। उनले नेपाल विद्यार्थी संघको संगठन विस्तार तथा कांग्रेसको संगठन सुदृढीकरणमा योगदान दिँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)