मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुरीबतास सहितको वर्षाले बालीनालीमा क्षति

gorkhapatraonline.com · Mon Oct 05 14:19:11 GMT 2026

फिदिम, असोज १९ गते । अचानक भएको वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको छ । जिल्लाको फालेलुङ र फिदिम क्षेत्रमा धानबालीमा क्षति पुगेको किसानहरुले जनाएका छन् । आइतबार राति भएको वर्षाले फालेलुङका विभिन्न स्थानमा रोपेर पसाउन लागेको धानबालीमा क्षति पुगेको छ । वर्षाले धान लडाएर ठुलो परिमाणमा क्षति पुगेको फालेलुङ - ३ का किसान महेन्द्र केरुङले बताउनुभयो ।

केहि स्थानमा हुरी बतास र असिनासमेत परेको छ । फालेलुङ गाउँपालिकाको चारराते र फालौट क्षेत्रमा सोमबार मध्यान्ह असिनासहित वर्षा भएको थियो । केही समय परेको असिनाले चारराते क्षेत्र हुँदै फिदिम जोड्ने सडकमा क्षति पुगेको स्थानीयले बताएका छन् । हुरी बताससहित परेको वर्षाले फालेलुङ क्षेत्रका किसानको धान र कोदोबालीमा पनि असर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)