मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

देखियो क्षयरोग

gorkhapatraonline.com · Mon Jun 08 04:38:49 GMT 2026

तुलसीपुर उपमहानगरपालिका भित्रका बालबालिकामा क्षयरोग देखिएको छ । उपमहानगरपालिकाका अनुसार ३५५ जना बिरामीमध्ये १५ वर्षमुनिका बालबालिका ३४ जना र १५ वर्षभन्दा माथिका ३२१ जनामा क्षयरोग देखिएको छ । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाका क्षयरोग स्रोत व्यक्ति शिवप्रसाद तिवारीका अनुसार सरकारी तथा केही निजी स्वास्थ्य संस्थामार्फत सञ्चालित १३ वटा डट्स केन्द्रबाट क्षयरोगको निःशुल्क निदान, उपचार तथा व्यवस्थापन सेवा प्रदान भइरहेको छ । तिवारीका अनुसार पालिकाभित्र रोग निको हुनेको दर ९७ प्रतिशत रहेको छ भने क्षयरोगकै कारण तीन प्रतिशतको मृत्यु हुने गरेको छ । नेपाल सरकारले सन् २०३५ सम्ममा देशलाई क्षयरोगमुक्त बनाउने राष्ट्रिय लक्ष्य लिएको छ ।

जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमपी न्यौपानेले तुलसीपुर उपमहानगरपालिकाले आगामी तीन वर्षभित्रै पालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने गरी निदान, उपचार तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले क्षयरोग नियन्त्रणमा अझै केही गम्भीर चुनौती बाँकी रहेको औँल्याउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)