विवादमा तानिए भारतीय खान सर
kendrabindu.com · Mon Jun 08 04:40:37 GMT 2026

नयाँदिल्ली । भारतमा खान सर नामले चिनिने लोकप्रिय शिक्षाविद् फैजल खान अहिले विवादमा छन् । २ जुनमा पटनाको मुसल्हपुर हाट क्षेत्रमा रहेको उनको कोचिङ इन्स्टिच्युट ‘खान ग्लोबल स्टडिज’ (केजीएस) मा एक समूहले तोडफोड गर्नुका साथै भवनमा ढुंगामुढा गरेको थियो ।
प्रतिस्पर्धी कोचिङ इन्स्टिच्युटसँग जोडिएका व्यक्तिहरूको यस तोडफोडमा संलग्नता हुन सक्ने दाबी खान सरको थियो । यद्यपि, यसको सत्यतथ्य प्रहरी छानबिनले बाहिर ल्याउने उनले बताएका थिए । तर, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएसँगै खान सर आफैं विवादमा तानिए । यस भिडियोमा उनको केजीएस इन्स्टिच्युटका दुई सुरक्षा गार्डहरूले हावामा गोली चलाइरहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)