मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकलाई सहज यातायात व्यवस्था मिलाउन मुख्यमन्त्री कँडेलको निर्देशन

ratopati.com · Sun Sep 22 18:27:00 UTC 2024

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई सहज यातायात व्यवस्था मिलाउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले यातायात क्षेत्रलाई व्यवस्थित सुरक्षित र सहज बनाउन निर्देशन दिएका हुन् । 'यातायात क्षेत्र जति प्रतिस्पर्धी बन्यो त्यति नै नागरिकले राम्रो सेवा पाउँछन्,' उनले भने, 'तसर्थ नागरिकको सुविधा दिने दायित्वका साथै तपाईंहरुको प्रभावकारी सेवाका लागि यो क्षेत्रलाई प्रतिस्पर्धी बनाउनूस् ।'

राजमार्गमा सवारी चेकजाँचका नाममा ठाउँठाउँमा यात्रुहरुलाई असजहज भएको गुनासो यातायात व्यवसायीले गरेपछि मुख्यमन्त्री कँडेलले अधिकार भए पनि आवश्यकताका आधारमा राजमार्गमा चेकजाँचको व्यवस्था मिलाउन सुरक्षा निकायलाई सुझाए । छलफलका क्रममा वीरेन्द्रननगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ व्यवस्थित बनाउन प्रयास भइरहेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)