मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोरी र पाकेटमारका अभियुक्तले भरिए  काठमाडौं प्रहरीका हिरासतकक्ष 

nayapatrikadaily.com · Tue Oct 05 00:41:00 GMT 2021

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासतकक्ष चोरी र पाकटेमारसँग सम्बन्धित व्यक्तिले भरिएका छन् । परिसर र उसको मातहत गरी काठमाडौं प्रहरीको १५ हिरासतकक्ष छन् ।

पर्वलक्षित चलाएको विशेष अपरेसनमा काठमाडौं प्रहरीले दुई सय सात चोरी र पाकेटमारसँग सम्बन्धित व्यक्ति पक्राउ गरेको छ । २० दिनको अपरेसनपछि प्रहरीले ठूलो संख्यामा चोरी र पाकेटमारसँग सम्बन्धित अभियुक्त पक्राउ गरेको हो । उनीहरूमध्ये ४६ लाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ । बाँकी एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ । उनीहरूलाई अहिले मातहतका १५ हिरासत कक्षमा बाँडेर राखिएका छन् । पक्राउ पर्ने अभियुक्तको संख्या ठूलो, तर हिरासतकक्ष साँघुरो हुँदा उनीहरूको व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)