मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सडक निर्माण अलपत्र छाडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन

nayapatrikadaily.com · Sun Jan 07 00:42:00 GMT 2024

ठेक्का सम्झौताअनुसार बाजुराको कोल्टी–मार्तडी सडकअन्तर्गत चुथी–ढम्कने खण्डको पाँच किमि गत असारमै कालोपत्रे भइसक्नुपथ्र्यो, तर पौने पाँच करोड लगिसकेको बानियाँ–ईश्वशेर जेभी १५ प्रतिशत मात्रै काम गरेर दुई वर्षदेखि गायव छ ।

ठेकेदार नै सम्पर्कविहीन भएपछि बाजुराको कोल्टी–मार्तडी सडकखण्डअन्तर्गत पर्ने बडीमालिका नगरपालिका– ७ को चुथीदेखि ढम्कनेसम्मको पाँच किमि सडक कालोपत्रे अलपत्र परेको छ । ३० असार ०८० सम्म काम सक्ने गरी १९ कात्तिक ०७६ मा पूर्वाधार विकास कार्यालय अछामसँग सम्झौता गरेको बानियाँ–ईश्वशेर जेभी कामै नगरी दुई वर्षदेखि सम्पर्कविहीन छ । जब कि २१ करोड ५४ लाख ५६ हजारको ठेक्कामा उसले चार करोड ७३ लाख भने लगिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)