क्यानडालाई नेपालले १८२ रनको लक्ष्य दियो, सन्दीप लामिछानेले सर्वाधिक रन बनाए
aarthiknews.com
काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा क्यानडालाई नेपालले १८२ रनका लक्ष्य दिएको छ । नेपालका अलराउण्डर गुलशन झा आईसीसी विश्वकप लिग-२ मा क्यानडाविरुद्ध आउट भएका थिए । स्पिनर हर्ष ठाकेरको २८ औं ओभरको पहिलो बलमा गुलशन ३४ रनमा फस्टस्लिपमा नवनीत धालिवालबाट क्याच आउट भए । उनले ५६ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै, बलरको नामले चिनिएका सन्दीप लामिछानेले सर्वाधिक ४९ रन दिएर क्याच आउट भए भने २८ रन दिएर करण केशी पनि क्याच आउट भए । किंग सिटीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६ ओभरमा १८१ बनार अल आउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)