विविधतायुक्त धर्म‚ संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा
thahakhabar.com
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवत्ले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।
नेपाल संवत् नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरे। नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेका प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)