साउदीमा एक वर्षमा १५४ नेपालीको मृत्यु, ४१९ जना जेलमा
annapurnapost.com · Mon Oct 05 15:42:05 GMT 2026

रियाद, साउदी अरब : साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक सार्वजनिक गर्दै सरोकारवालासँग समन्वय र सहकार्यको आवश्यकता औँल्याएको छ।
गत २ अक्टोबर २०२६ मा रियादस्थित नेपाली राजदूतावास परिसरमा राजदूतावासको आयोजनामा ‘नेपाली श्रमिकहरूको कल्याणका लागि सरोकारवालासँग समन्वय कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकले साउदी अरबमा कार्यरत नेपाली श्रमिकका समस्या कति गम्भीर र संवेदनशील छन् भन्ने देखाएको छ। तथ्यांक आफैँमा एउटा संख्या मात्र होइन, त्यसको पछाडि परिवार, पीडा, कानुनी लडाइँ र स्वदेश फर्किने प्रतीक्षामा रहेका नागरिकको जीवन जोडिएको हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)