मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

nepalpress.com · Mon Jun 08 04:49:03 GMT 2026

धरान । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

सुनसरीको झुम्काबाट इनरुवा जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल गएराति बेलुका करिब ११ बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टि«परमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् ।

प्रहरीका अनुसार टि«पर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

तीन जना सवार रहेको मोटरसाइकल चालकको लापर्वाही तथा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

Dharan: One person has died and two others have been injured in a motorcycle accident in Inaruwa, Sunsari.

Chandra Khadka, Information Officer at the District Police Office, Sunsari, said that the accident occurred when a motorcycle (Province 1-02-043 Pa 5822) heading to Inaruwa from Jhumka in Sunsari collided with a tipper (Ko 1 Kha 5128) parked on the side of the road at around 11 pm last night.

The motorcyclist, 29-year-old Binod Chaudhary of Inaruwa Municipality-8, was seriously injured in the accident. He suffered a serious head injury and was taken to Birat Nursing Home in Biratnagar for treatment, but died during treatment last night, according to police.

Aryan Chaudhary, 20, and Ashish Chaudhary, 28, of Inaruwa-8, who were riding behind the motorcycle, were injured.

According to the police, the tipper driver, 48-year-old Lalmohammad Miyan of Koshi Rural Municipality-3, Sunsari, has been taken into custody by the Area Police Office, Pakali.

The District Police Office, Sunsari, has stated that a preliminary investigation has revealed that the accident occurred due to the negligence and speed of the motorcycle driver, who was riding three motorcycles.

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)