पुटिन पूर्ण रूपमा स्वस्थ रहेको रुसको दाबी
baahrakhari.com · Mon May 30 17:11:00 GMT 2022
मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले राष्ट्रपति भ्लादिमिर पुटिन पूर्ण रूपमा स्वस्थ्य रहेको दाबी गरेका छन् । एउटा फ्रेन्च टेलिभिजन टीएफ १ लाई अन्तर्वार्ता दिने क्रममा राष्ट्रपति पुटिनमा कुनै पनि रोगका संकेतहरू नदेखिएको बताएका छन् ।
यसै वर्ष ७० वर्ष पुग्न लागेका पुटिन स्वास्थ्य समस्याबाट पीडित रहेको र सम्भवत: उनी क्यान्सर पीडित रहेको अपुष्ट खबरहरू सार्वजननिक भइरहेका छन् । रुसी फौज निरन्तर युक्रेनको दोन्बास क्षेमा बढिरहेका बेला विदेशमन्त्री लाभ्रोभको अन्तर्वार्ता सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)