दाइजोमा देशको स्वतन्त्रता
nayapatrikadaily.com · Tue Feb 13 00:25:00 GMT 2024
नेता सुभाषचन्द्र बोस भारतीय स्वतन्त्रता संग्रामका एक हस्ती हुन् । उनले स्वतन्त्रता संग्राममा सहभागी हुँदा उनी अविवाहित नै थिए । त्यसैले उनीसित यस विषयमा पटक–पटक प्रश्न गरिन्थ्यो । उनी जहाँ गए पनि उनलाई विवाहसम्बन्धी प्रश्न सोध्ने कोही न कोही निस्किहाल्थ्यो । त्यस्तै एकपटक उनलाई कुनै महाशयले सोधे, ‘नेताजी, तपाईंले यो उमेरसम्म बिहे गर्नुभएको छैन । आखिर तपाईं किन बिहे गर्नुहुन्न ? कहिलेसम्म तपाईं यसरी अविवाहित रहेर एक्लो जीवन बाँच्नुहुनेछ ?’
ती सज्जनको प्रश्न सुनिसकेपछि नेताजी एकछिन गम्भीर बने र केही मन्द मुस्कानसाथ जवाफ दिए, ‘हेर्नुस्, विवाह त म अहिल्यै गर्छु, तर कसैले मलाई मैले चाहेको दाइजो पनि त दिनुपर्यो । आखिर मैले चाहेको दाइजो दिन कोही तयार छ भने भन्नुहोस्, म तत्कालै बिहे गर्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)