पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर
nepalnews.com · Mon Oct 05 16:05:31 GMT 2026

दमौली। तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ ।
गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी नियन्त्रण, पार्कलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पछिल्लो एक वर्षमा मात्रै गाउँपालिकाभित्र चार वटा पार्क निर्माण भएका छन् भने सात किलोमिटर ढल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)