संसदीय निर्वाचनको ६४ वर्ष, सात पटक मात्र भए चुनाव
lokpath.com · Sat Nov 19 14:23:19 GMT 2022
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै गर्दा नेपालले संसदीय निर्वाचनको इतिहासमा ६४ वर्षमा फड्को मार्दै छ । नेपालको संसदीय निर्वाचनको इतिहासलाई हेर्ने हो भने यो विकासका लागि भन्दा पनि राजनीतिक मुद्दाका विषयमा केन्द्रित भएर गरिएको निर्वाचन जस्तो मात्र देखिन्छ ।
नेपालमा वि.सं. २०१५ सालमा पहिलो आम निर्वाचन भएयता वि.सं. २०७४ सम्मको निर्वाचन सम्पन्न हुँदा सात पटक मात्र निर्वाचन हुन सकेका छन् । यसरी हेर्दा २०७९ मङ्सिर ४ गते हुने निर्वाचन नेपाली संसदीय इतिहासमा हुन लागेको आठौँ निर्वाचन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)