मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपांगतासम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग

ratopati.com · Sun Sep 22 19:35:00 UTC 2024

काठमाडौँ । राष्ट्रिय बहिरा महासंघ नेपालले अपांगतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको कार्यान्वयनको माग गरेको हो ।

'शिक्षा ऐनलगायतका ऐन कानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकका हक अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी बहिरा समुदायको मुल प्रवाहिकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चार जगत, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासंघ आव्हान गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)