कांग्रेसको आर्थिक अवस्था कमजोर, खर्च धान्न कठिन!
saralpatrika.com · Mon Oct 05 16:39:48 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले सोमबार १५औँ महाधिवेशनको बन्दसत्रमा आर्थिक प्रतिवदेन पेश गरे। साढे नौ लाखभन्दा बढी क्रियाशील सदस्य रहेको कांग्रेस पार्टीको आर्थिक अवस्था कस्तो होला!
प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक अवस्था कतिसम्म कमजोर छ भने पार्टीको वार्षिक खर्च नै जुटाउन नसक्ने अवस्था रहेको छ। साधारणतर्फ मात्र पनि खर्च वार्षिक ३ करोड रुपैयाँभन्दा बढी छ। निर्वाचन र अधिवेशनका समयमा खर्च ह्वात्तै बढ्छ। यस्तो अवस्थामा खर्च धान्न धेरै कठिन हुने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)