मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चालू आवमा मात्रै साढे नौ अर्बको विद्युत् निर्यात, ५६ प्रतिशतले वृद्धि

nayapatrikadaily.com · Thu Oct 19 00:31:00 GMT 2023

चालू आव ०८०/८१ को पहिलो तीन महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६ अर्ब १६ करोड ५३ लाख रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणका अनुसार असोजमा मात्रै चार अर्ब दुई करोड ३५ लाखको विद्युत् निर्यात भएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसतदर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । सिक्किमको बाढीले १२ सय मेगावाटको टिस्टा तीन जलविद्युत् आयोजना बगाएको र कोइलाको मूल्य बढ्दा अहिले भारतमा बिजुलीको मूल्य बढेको छ । पछिल्लो समय प्राधिरकणले प्रतियुनिट १६ रुपैयाँसम्ममा विद्युत् निर्यात गरेको छ । फलस्वरूप विद्युत् निर्यातबाट राम्रो आम्दानी भइरहेको प्राधिकरणले जनाएको छ । भारततर्फ बिजुली निर्यात यो वर्ष बिजुली निर्यात सुरु गरेदेखि २८ जेठबाट असोज मसान्तसम्म प्राधिकरणले ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । गत वर्ष सोही अवधिमा नौ अर्ब ४० लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)