चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्र ९.१६ प्रतिशतले विस्तार हुने प्रक्षेपण
kendrabindu.com · Mon Jun 08 04:51:16 GMT 2026

काठमाडौं । कर्जा माग बढ्न नसकेका कारण वर्षभर औसतमा १० खर्बभन्दा बढी ऋणयोग्य रकम (अधिक तरलता) रहेको अवस्थामा पनि चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्र ९.१६ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धिदर गत आर्थिक वर्षको तुलनामा १.६१ प्रतिशत विन्दुले बढी हो।
बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बिमा तथा जीवन बिमाको नवीकरण बिमा शुल्क प्रिमियम संकलन बढ्ने देखिएकाले गत वर्षभन्दा यस वर्ष वित्तीय र बिमा क्षेत्रको वृद्धिदरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)