गठन भएको १५ दिनपछि आह्वान भयो एमाले पुनर्गठन कार्यदलको बैठक
setopati.com · Mon Jun 08 04:55:16 GMT 2026

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार बस्दैछ। कार्यदलको बैठक मंगलबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए।
'पहिलो बैठक भोलि बस्ने गरी आह्वान भएको छ। बैठक नै पहिलो पटक बस्न लागेकाले थप विषय अहिले नै भन्ने कुरा भएन,' उनले भने।
जेठ १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो।
उपाध्यक्ष रामबहादुर थापा 'बादल' को नेतृत्वमा रहेको उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ।
पहिलो बैठक नै १५ दिनपछि बस्न लागेको हो।
बैठकले कार्यविधि तय गरेर प्रदेश, प्रदेश र आवश्यक परे जिल्ला जिल्लामा गएर सुझाव संकलन गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)