मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोरला नाका छिटो भन्दा छिटो सुचारु गर्नुपर्नेमा जोड

hamrakura.com · Fri Jun 09 00:00:00 GMT 2023

पोखरा । पोखरा महानगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष एवं पर्यटन व्यवसायी रवीन्द्रराज पौडेलले पोखरा एवं समग्र नेपालको विकासका लागि कोरला नाका छिटो भन्दा छिटो सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । पौडेलले यसतर्फ विशेषगरि नेपाल सरकारको ध्यान पुग्न आवश्यक रहेको बताए ।

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको व्यवसायिक प्रवर्द्धनात्मक अध्ययन अवलोकन भ्रमणका क्रममा उपाध्यक्ष पौडेलले कोरला नाका सुचारु गर्ने नेपाल र चीनबीच व्यापार आदानप्रदान गर्ने हो भने मुलुकले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । सीमा खुला गर्न सकिए नेपाली र चिनियाँ व्यवसाय र पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)