मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महानगरले गरायो १० हजार फुटपाथ व्यवसायी विस्थापित

ekantipur.com · Sat Mar 02 00:39:39 GMT 2024

काठमाडौँ — साँझ ढल्दै गर्दा अधिकांश नगरवासी बासस्थानतिर लाग्दै गर्दा फुटपाथमा व्यापार गर्ने केही भने पोकापन्तरा बोकेर सहरका चल्तीका चोक, स्थानतर्फ लाग्थे । पसल फिँजाएर ग्राहक बोलाउँथे । सस्ता सामान चाहनेका लागि यस्ता घुम्ती पसल आकर्षक गन्तव्य थिए ।

फुटपाथ व्यापारीका कारण बेलुका ७ बजेपछि सधैं चहलपहल हुने काठमाडौंको सुन्धारा क्षेत्रमा शुक्रबार भने रौनक देखिएन । एकाध व्यापारी हातहातमै सामान बोकेर ग्राहक कुरेका पनि छेवैमा काठमाडौं महानगरपालिकाको नगर प्रहरी बोकेको गाडी आएर रोकिएपछि लाखापाखा लागे । यही ठाउँमा गत बुधबार यसरी नै आएका झन्डै ७ दर्जन नगर प्रहरीले बल प्रयोग गरी तीन दर्जन फुटपाथ व्यापारीलाई निर्मम कुटपिट गरी घाइते बनाइदिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)