विद्युत् बक्यौता असुल्न बेवास्ता
annapurnapost.com · Wed Jan 19 06:44:00 GMT 2022
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको ट्रंक तथा डेडिकेटेड लाइनको १६ अर्ब रुपैयाँ महसुल उठ्न बाँकी देखिएको छ। तर, उक्त बक्यौता उठाउन प्राधिकरणले पहल नै गरेको छैन। चालू आर्थिक वर्षको ६ महिनामा कति रकम उठ्यो भन्ने तथ्यांकसमेत प्राधिकरणसँग छैन।
प्रवक्ता सुरेश भट्टराईका अनुसार डेडिकेटेडको बक्यौता उठाउने प्रयास भइरहेको छ। बक्यौता रकम किस्तामा तिर्न प्राधिकरणले सुविधा दिएको छ। संसद्को लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उच्चस्तरीय समितिले पनि प्राधिकरणलाई डेडिकेटेड लाइनको बक्यौता उठाउनका लागि आधारहरू दिएको छ। तर, यी आधारमा टेकेर बक्यौता उठाउन प्राधिकरण अग्रसर देखिँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)