मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

gorkhapatraonline.com · Mon Oct 05 17:15:43 GMT 2026

ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ९५ क्विन्टल चिनी बिक्री गरेको छ । स्थापना भएको ४८ वर्षपछि ताप्लेजुङमा बुधबारबाट चिनी बिक्री सुरु गरेको कम्पनीले चार दिनकै अवधिमा ९५ क्विन्टल चिनी बिक्री गरेको हो ।

कम्पनी ताप्लेजुङका शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार बुधबार पहिलो दिन २१ क्विन्टल, बिहीबार दोश्रो दिन साढे १९ क्विन्टल, शुक्रबार तेश्रो दिन २५ क्विन्टल र सोमबार चोथो दिन साढे २८ क्विन्टल चिनी उपभोक्ताले खरिद गरेका छन् । चार दिनको अवधिमा १० लाख बढीको चिनी बिक्री भएको कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)