ग्राहकको खाताबाट एक करोड ३७ लाख चोर्ने वाणिज्य बैंकका कर्मचारी प्रहरी नियन्त्राणमा
nepalpress.com · Tue Feb 20 16:43:52 GMT 2024
काठमाडौं । ग्राहकको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखामा कार्यरत बैंकका कनिष्ठ सहायक रोहितकुमार ओझालाई नियन्त्राण्मा लिएको हो ।
कनेक्ट आइपिएसमार्फत उनले ग्राहकको रकम चोरी गरेको र ग्राहकले उजुरी गरेपछि वीरगंजबाटै उनलाई पक्राउ गरीएको सीआईबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयले सीआइबीलाई छानबिनका लागि लेखेको थियो । प्रहरीले आरोपीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)