मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वकुमारीहरुलाई भालेश्वर महादेवको दर्शन

kendrabindu.com · Mon Jun 08 05:00:01 GMT 2026

काठमाडौं । आठ जना पूर्वकुमारीलाई चन्द्रागिरि भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराइएको छ । चन्द्रागिरि नगरपालिकाको समन्वयमा प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधानअनुसार पूजा, दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीयस्थलको आइतबार अवलोकन गराइएको हो ।

त्यसक्रममा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो । भ्रमण अवलोकनका साथै धार्मिक तथा आन्तरिक पर्यटनको विकासका विषयमा छलफलसमेत गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय