मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनी बजारमा आगलागीबाट दुई पसल जले

annapurnapost.com · Tue Aug 10 06:50:00 GMT 2021

बेनी : बेनी बजारको न्युरोडमा मंगलबार बिहान आगलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ। बेनी नगरपालिका–८ न्युरोडस्थित जिबन बिश्वकर्माको घरमा सञ्चालन भएको नयन स्टोर्स र रघुगंगा डेरी पसल आगोलागीबाट नष्ट भएको हो।

बिहान करिब २.३० बजे सुरु भएको आगोलागी ४.३० बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगोलागी नियन्त्रणमा लिन बेनी र बागलुङ नगरपालिकाको दुई वटा दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बजारबासी परिचालन भएका थिए। आगलागीबाट दुई वटा पसल, त्यहाँ राखिएको सामान र चार वटा कोठा पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)