मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्रोतको टुङ्गो नलाग्दा सुदूरपश्चिममा बजेट अन्योल : सोमबार ल्याउने भनेका मुख्यमन्त्री बिरामी

ratopati.com · Mon Oct 05 17:59:51 GMT 2026

धनगढी । चालु आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दासमेत सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत हुन नसक्दा सरकारका दैनिक प्रशासनिक कामदेखि विकास निर्माणका समग्र गतिविधि ठप्प बनेका छन् ।

अघिल्लो सरकारले गत असार १ गते चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले असार मसान्तभित्रै बजेट पारित गराउने दाबी गरे पनि नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा पर्‍यो । अन्ततः विश्वासको मत जुटाउन नसकेपछि शाहले साउन २८ गते पदबाट राजीनामा दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)