सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, प्रतिसेयर आम्दानी कति ?
aarthiknews.com

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको फि तथा कमिसन आम्दानी २ अर्ब ९ करोड रुपैयाँबाट बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)