मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजपरिवारले तालिम गर्ने जहाज र हेलिकोप्टर सर्वसाधारणका लागि खुला 

nayapatrikadaily.com · Sat Jul 15 00:25:00 GMT 2023

तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यले पाइलट तालिम लिने तथा घुम्नका लागि प्रयोग गर्दै आएको हेलिकोप्टर र जहाज सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबार परिसरमा राखिएको हेलिकोप्टर र जहाज बिहीबारदेखि सर्वसाधारणका निम्ति खुला गरिएको हो । जहाज र हेलिकोप्टर राखिएपछि अवलोकनकर्ताको भिड बढेको छ ।

हेलिकोप्टर र जहाज राखिएको ठाउँ राजदरबारको मुख्य भवनको पछाडि हो । त्यस ठाउँमा घोडाको रेस हुन्थ्यो, त्यसबाहेक चेसलगायत विभिन्न खेल प्रतियोगिता हुन्थे । तर, अहिले उक्त चौरमा घाँस छ भने बीच भागमा हेलिकोप्टर र जहाज राखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)