सेन्ट्रल कलेजलाई युनाइटेड गोल्डकप
ekantipur.com · Thu Sep 28 16:45:54 GMT 2023
पूर्वीनवलपरासी — युनाइटेड गोल्डकप फुटबल उपाधि सेन्ट्रल कलेज २८ बिगाहले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा नवज्योति युवा क्लब हसौरालाई १-२ गोलले पराजित गर्दै सेन्ट्रल कलेजले उपाधि जितेको हो । विजेताले २ लाख २५ हजार ५ सय ५५ नगद र उपविजेताले १ लाख ३५ हजार ५ सय ५५ नगद पुरस्कार पाएका छन् ।
२० फुटवल क्लब सहभागी प्रतियोगिताको उत्कृष्ट खेलाडीको कप सेन्ट्रल कलेज २८ बिगाहका जितेश गुरुङले जितेका छन् भने सर्वाधिक गोलकर्ताको कप नवज्योति युवा क्लब हसौराका आशीष महत्तोले हात पारे । उनले खेल अवधिभर ८ गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)