मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन

gorkhapatraonline.com · Mon Oct 05 18:16:17 GMT 2026

यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज हालसम्म झिक्न सकिएको छैन । क्रुज नारायणी नदीले बगाएर तीन सय मिटर टाढा नारायणीको पुलमुनि पिलरमा ठोक्किएर अड्किएको थियो ।

क्रुजका कारण पुलमा असर पर्ने भन्दै तत्कालै झिक्ने प्रयास गरिए पनि हालसम्म सम्भव भएको छैन । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय चितवन, गैँडाकोट नगरपालिकालगायत निकायको सक्रियतामा तीन वटा क्रेनको सहायतामा क्रुज तान्ने प्रयास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)