कार्यकर्ताको घेरामा बसेका रविले भने ‘हिम्मत भए आउँ, समाएर लैजाउ’
barnanmedia.com · Sun Sep 22 21:40:36 UTC 2024

गोर्खा मिडिया प्रालीका सञ्चालक छविलाल जोशी पक्राउ परे लगत्तै आफू पनि पक्राउ पर्ने आशङ्काले पार्टी कार्यालयमा कार्यकर्ता बोलाएर बसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिम्मत भए आफूलाई पक्राउ गर्न भन्दै चुनौती दिए।
पार्टी परिसरमा सहभागी भएकाहरूलाई सम्बोधन गर्दै उनले भने ‘मलाई सरकारसँग भरोसा छैन। जे पनि गर्न सक्छ।’उनले सम्बोधनमा पटक पटक अनुसन्धानमा आफू सहयोग गर्न तयार रहेको पनि बताए अर्कोतिर आफूलाई जुनसुकै बेलामा धरपकड गरेर पक्राउ गर्न सक्ने भनेर भय पनि देखाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)