विश्वकप छनोट खेलमा जर्मनी, नेदरल्यान्डस र क्रोएशिया विजयी
saralpatrika.com · Sat Oct 09 09:00:00 GMT 2021
कतार विश्वकप छनोट खेलमा जर्मनी, नेदरल्यान्डस र क्रोएशियाले जित हात पारेका छन् । गएराति भएको युरोपको छनोट खेलमा समुह जे मा रहेको जर्मनीले रोमानिया माथि दुई एकको जित हात पार्यो । घरेलु टोली जर्मनीले, रोमानियाको एक शून्य गोलको अग्रता उल्ट्याएको थियो ।
नवौं मिनेटमा यानिस हाजीले गोल गरेपछि जर्मनी पहिलो हाफमा एक शून्यले पछि परेको थियो । ५२ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । ८१ औं मिनेटमा सब्सिच्युट थोमस मुल्लरले गोल गरेपछि जर्मनीे तीन अंक प्राप्त गर्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)